राप्रपा अराजकता र गलत क्रियाकलापको पक्षमा छैन : अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरुका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका हुन् । 

उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको सुख सुविधा भन्दा सत्ताकेन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले जनता र देशले यस्ता अराजकता व्यहोर्नुपरेको उल्लेख गरे ।

frontline

अराजकता र गलत क्रियाकलापको पक्षमा राप्रपा नरहेको भन्दै पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने उनले प्रतिबद्धता जनाए ।

‘हामी कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको विपक्षमा छौँ । तर राज्य कमजोर हुन्छ, राज्य जिम्मेवारीबाट विमुख हुन्छ, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको सुख सुविधाभन्दा सत्ताकेन्द्रित बन्न थाल्छन्, देशले यस्ता अराजकता व्यहोर्नुपर्ने नै हुन्छ । सडकमा त्यस प्रकारका अराजक क्रियाकलाप गर्नेहरु भन्दा जनताका समस्यालाई अन्देखा गर्ने, यो समस्याको र अहिलेको अस्थिरताको जगको, जडको रुपमा रहेका राजनीतिक दलहरु बढी जिम्मेवार हुनुपर्छ । अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन गर्दैन,’ उनले भने ।

विगत केही दिनयता व्यवसायी दुर्गा प्रसाईंले सडकमा विभिन्न खालका कार्यक्रम गरी बैंक तथा वित्तीय संस्थाको विरोध र राजसंस्थाको वकालत गर्दै सरकारको विरोध गर्दै आएका छन् । सोही विषयमा राप्रपाले यस्तो स्पष्टीकरण दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here