राप्रपाको युवा संगठनका नेताले जलाए प्रचण्डको तस्वीर

राप्रपाको युवा संगठनका नेताले शनिबार हेटौंडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तस्वीर जलाएका छन् ।

२ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको छ ।

frontline

शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा प्रचण्डको तस्वीर जलाइएको हो ।

राप्रपा केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह सहभागी कार्यक्रममा संगठनका सदस्य सचिव नीराजन बम पताँलाले पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका हुन् ।

प्रचण्डको तस्वीरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावाद भने नारा लगाएका थिए । उनले कार्यक्रममा सहभागीलाई पनि प्रचण्ड हत्यारा मुर्दावाद भन्ने नारा लगाउन लगाएका थिए ।

शनिबार मकवानपुरमा कार्यक्रम नभएको भए काठमाडौंमा तस्वीर जलाउने कार्यक्रम हुने थियो भन्दै उनले प्रचण्ड हत्यारा भएको जिकिर गरे ।

सिन्धुपाल्चोकमा शुक्रबार आयोजित जनसभामा प्रचण्डले पूर्वराजालाई संविधानको दायराभित्र रहन सचेत गराउँँदै इँटको जवाफ पत्थरले दिने चेतावनी दिएका थिए ।

#पुष्पकमल दाहाल #प्रचण्ड

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here