राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती

२२ वैशाख, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक संकट परेको भन्दै स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती गरेको छ ।

राष्ट्रिय बीमा बोर्डबाट रकम नपाउँदा आर्थिक संकट परेको भन्दै प्रतिष्ठानले आगामी जेठ १ गतेदेखि लागू हुने गरी बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया बाहेकका सेवा स्थगित गरेको हो ।

frontline

प्रतिष्ठानले जारी गरेको सूचनामा लेखिएको छ, ‘बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रियामात्र सुचारु रहने, इमर्जेन्सी बाहेकका शल्यक्रिया सेवा हाललाई स्थगित हुने ।’

यसैगरी तीन महिनाको निमित्त उपलब्ध गराइने औषधि एक महिनाको लागि मात्र उपलब्ध हुने छ ।

बीमा सेवा अन्तर्गतका विभिन्न प्रयोगशाला परीक्षण सेवा पनि सीमित गरिएको छ । प्रतिष्ठानका अनुसार छातीको एक्सरे, ईसीजी, एचआईभी, ब्लड ग्रुप लगायतका १२ प्रकारका प्रयोगशाला परीक्षण हुने छ ।

बीमा सेवा प्रयोग गर्नुअघि सेवाग्राहीले सम्बन्धित सेवा बीमा भित्र पर्छ कि पर्दैन भन्ने स्पष्ट जानकारी लिएर मात्र सेवा लिन पनि प्रतिष्ठानले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here