राप्ती नगरपालिका १ की जल्तीमाया प्रजाले ८१ वर्षमा पाइन नागरिकता

२९ भदौ, चितवन । जिल्लाको राप्ती नगरपालिका १ परेवाकोटकी जल्तीमाया प्रजाले आज नेपाली नागरिकता प्रमाणपत्र लिएकी छन् ।

परेवाकोटकै स्थानीय प्रजाले वर्षौदेखि नागरिकता लिने प्रयास गरेपनि पाउन सकेकी थिइनन् । उनले आज (बुधबार) जिल्ला प्रशासन चितवनबाट पहिलो पटक नागरिकता प्रमाणपत्र प्राप्त गरेकी हुन् ।

frontline

यसअघि नगरिकता बनाउने क्रममा कागजात नपुगेको भन्दै वडा कार्यालय तथा प्रशासनबाट उहाँलाई नागरिकता नलिइ फिर्ता हुनुपरेको राप्ती १ का वडा अध्यक्ष सिद्धिलाल स्याङतानले बताए ।

उनले भने, ‘वहाँ परेवाकोटकै रैथाने स्थानीय हो । वहाँका श्रीमान, छोरा छोरी र आफन्त कोही पनि छैनन् । वहाँको बाबु आमाको नागरिकता तथा विवाहदर्ता नभएका कारण नागरिकता बन्न सकेको थिएन ।’

वडाध्यक्ष स्याङतानका अनुसार जल्तीमायाका श्रीमान औदारसिंह प्रजाको गत वैशाखमा निधन भएको थियो । उनका सन्तानका नाममा एक छोरा थिए । १० वर्ष अघि ठोरी जान्छु भनेर घरबाट हिँडेका उनका छोरा बाबुको निधन हुँदा पनि फर्केर नआएको वडाध्यक्षले बताए ।

प्रजाका आफन्त नातागोता कोही नभएकै कारण वडाअध्यक्ष आफैँ आएर नागरिकताको सनाखत गरेको उनले बताए ।

आफ्नो वडाका स्थानीयका अझै केही वृद्ध वृद्धाहरुले नागरिकता नपाएको भन्दै आफुले जनताका समस्यालाई मध्यनजर गर्दै सक्दो सहयोग गर्ने वडाध्यक्षले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here