राप्तीमा ४८ बिघा क्षेत्रफलमा लगाईएको गाँजा खेती नष्ट
१९ कार्तिक, चितवन : पूर्वी चितवनको राप्तीमा ४८ बिघा क्षेत्रफलमा लगाईएको गाँजा खेती नष्ट गरिएको छ । राप्ती वडा नम्बर १० र ११ मा सोमबारदेखि बुधवारसम्म ४८ बिघा गाँजा खेती नष्ट गरिएको हो ।
अवैध गाँजा तथा अफिम फडानी कार्यक्रम अन्तर्गत राप्तीमा जिल्ला प्रहरी कार्यालय चितवन र मातहत कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको लागु औषध नियन्त्रण ब्युरोले गाँजा नष्ट गरेको हो ।
यस्तै सुचना संकलन तथा स्थानीयसँग अन्तरक्रिया समेत गरिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्