राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला
२३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला परेका छन् ।
बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् ।
उनीहरु डेरामा सँगै बस्दै आएका थिए ।
बिहीबार राति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्