राजा सहितको प्रजातन्त्रमा नफर्किए काङ्ग्रेसको अस्तित्व समाप्त हुने कोइरालाको दाबी

काठमाडौँ l  राजा सहितको प्रजातन्त्रमा कांग्रेस नफर्किए १००% काङ्ग्रेसको अस्तित्व समाप्त हुने कोइरालाको दाबी

अभिनेत्री एवं सामाजिक अभियन्ता मनीषा कोइरालाले नेपाली कांग्रेसले कोर्ष करेक्सन गर्नुपर्ने बेला भएको बताएकी छिन्।

frontline

कोइरालाले कांग्रेस गणतन्त्रबाट पछि हटेर आफ्नो मूल एजेण्डा ‘राजा सहितको प्रजातन्त्र’मा फर्किनु पर्ने बताएकी हुन्।

कांग्रेस नेता लोकेश ढकालको विचारमाथि टिप्पणी गर्दै कोइरालाले कांग्रेसले कोर्ष करेक्सन गर्नु अत्यावश्यक भएको बताएकी हुन्।

ढकालले आफ्नो बाटो भन्दा पर ‘अग्रगामी, क्रान्तिकारी एवं वामपन्थी भाषमा भास्सिएका वर्तमान काँग्रेस कार्यकर्तालाई,’ वीपी कोइरालाका भनाइले गिज्याइरहेको बताएका थिए।

ढकालले वीपीले भनेको ‘प्रजातन्त्र बिना राजतन्त्र अड्दैन,राजा नभए देश रहदैँन।

राजतन्त्रलाई फाल्ने उद्योग हामीले गर्नु हुँदैन,’ भन्ने भनाइलाई उधृत गर्दै लेखेका थिए, ‘तलका पंति बीपी कोइरालाको जीवनकै अन्तिम अन्तरवार्ताको अंश हुन्।

अग्रगामी, क्रान्तिकारी एवं वामपन्थी भाषमा भास्सिएका वर्तमान काँग्रेस कार्यकर्तालाई बीपीको यी पंति कति जिस्क्याउँदो हो!’

त्यसै माथि टिप्पणी गर्दै कोइरालाले कोर्ष करेक्सनका लागि अहंकार नभई नम्रता आवश्यक भएको बताएकी छिन्।

वीपी कोइरालाकी नातिनी समेत रहेकी कोइरालाले कांग्रेस ‘राजा सहितको प्रजातन्त्र’मा फर्किनु पर्ने बताउदै आएकी छिन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here