राजा फर्काउन ठाउँ-ठाउँमा र्‍याली

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा नफर्काएसम्म सडक नछोड्ने उद्घोषका साथ हिजोदेखि आन्दोलन शुरु गरेका राजावादीहरुले आज पनि त्यसलाई निरन्तरता दिँदै छन् । 

नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनान्दोलन समिति’को अगुवाइमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति पार्टी नेपाललगायत विभिन्न खेमामा विभक्त राजावादीहरुले हिजो रत्नपार्कमा सभा गरेर गणतन्त्रलाई चुनौती दिएका थिए । त्यसको निरन्तरतास्वरूप आज माइतीघर र बिजुलीबजार क्षेत्रमा नारा लगाउने उनीहरुको तयारी छ ।  

frontline

अनिश्चितकालीन आन्दोलन अन्तर्गत आजको बृहत प्रदर्शनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जुलुससहित माइतीघर आउनेक्रम शुरु भएको छ । गौशालास्थित पशुपति धर्मशालाबाट राप्रपा सप्तरी अध्यक्ष उम्देश्वर प्रसाद शाहको नेतृत्वमा सय जनाजतिको उपस्थितिमा र्‍याली निल्कलिएको छ । 

उक्त र्‍याली गौशाला चोक, रातोपुल, खोला करिडोर हुँदै माइतीघर मण्डला आइपुगेर प्रदर्शनमा मिसिने छ । त्यस्तै, धुम्वाराहीस्थित एसआर बैक्वेटबाट राप्रपा मकावनपुरका कार्यवहाक अध्यक्ष सागर थापाको नेतृत्वमा ५० जनाको जुलुस बिजुली बजार पुग्नै लागेको छ । बा २ ख ९५०३ नम्बरको बसमा धोबी खोलाको करिडोर हुँदै उनीहरु मुख्य प्रदर्शनस्थल आइपुगेका हुन् । 

धरहरा टिकट काउन्टर अगाडिबाट पनि एउटा जुलुस निस्कँदै छ । राप्रपाका केन्द्रीय सदस्य गणेशलाल श्रेष्ठको अगुवाइमा ८० जनाको हाराहारीमा रहेका राजावादी कार्यकर्ताले निकालेको र्‍याली सुन्धारा, शहीद गेट, भद्रकाली हुँदै माइतीघर पुग्ने छ । त्यसक्रममा प्रदर्शनकारीले सरकार, प्रधानमन्त्री केपी शर्मा ओली र व्यवस्थाविरुद्ध उग्र नाराबाजी गरेका छन् । 

यता, बबरमहलको बानेश्वर पुलवारी पाँच दर्जन राजावादी कार्यकर्ता राष्ट्रिय झण्डासहित भेला भैसकेका छन् भने माइतीघरको बिस्तारित सडक खण्डमा पनि सानो समूह पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here