राजावादी प्रदर्शनअघि एआईजीको निर्देशन– मानवअधिकारको ख्याल गरियोस्

काठमाडौंमा राजावादी प्रदर्शनको अघिल्लो दिन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिँदै एआईजी तामाङले प्रदर्शनको क्रममा बल प्रयोग गर्नु पर्ने अवस्था आए अवलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न निर्देशन दिएका हुन् ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रदर्शन नियन्त्रणका लागि संयमता र मानवअधिकारको सम्मान गर्न निर्देशन दिएको छ।
- एआईजी टेकबहादुर तामाङले बल प्रयोग र भीड नियन्त्रणमा सामूहिक भावना र व्यावसायिकता अपनाउन भने।
- प्रहरी अधिकारीहरूलाई उच्च मनोबल र पूर्ण व्यावसायिकता साथ कार्य गर्न निर्देशन दिइएको थियो।
१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले प्रदर्शन नियन्त्रणको क्रममा संयमता अपनाउन र मानवअधिकारको ख्याल गर्न निर्देशन दिएका छन् ।
काठमाडौंमा राजावादी प्रदर्शनको अघिल्लो दिन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिँदै एआईजी तामाङले प्रदर्शनको क्रममा बल प्रयोग गर्नु पर्ने अवस्था आए अवलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न निर्देशन दिएका हुन् ।
उनले सामूहिक भावनाले भीड नियन्त्रणमा खटिन पनि निर्देशन दिएका छन् । एआईजी तामाङले काठमाडौं उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरूलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध प्रदर्शन गर्न पनि भनेका छन् । साथै, उच्च मनोबलका साथ पूर्ण व्यावसायिक तवरले कार्य गर्न उनले निर्देशन दिएका छन् ।
बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न उपस्थित अधिकृतहरूलाई निर्देशन दिएको बताइएको छ । कार्यक्रममा नेपालका प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्