राजावादी आन्दोलनबाट पक्राउ परे कमल थापा

राजावादी प्रदर्शनको क्रममा उनलाई नारायणचौरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले अनलाइनखबरलाई जानकारी दिए ।

१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

frontline

राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले अनलाइनखबरलाई जानकारी दिए ।

उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।

गत १५ जेठबाट प्रदर्शन सुरु गरेका राजावादीले आज पनि नारायणचौरबाट आन्दोलन सुरु गरेका थिए । राजसंस्था पुनस्थापना र हिन्दु राज्यसहितको माग राखेर भइरहेको प्रदर्शन हिजो बालुवाटार नजिकै पुगेको थियो ।

आज पनि नारायणचौरबाट राजावादीको प्रदर्शन बालुवाटारतर्फ जाँदै थियो । सो क्रममा थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here