राजावादीले कोटेश्वर भाटभटेनीबाट लुटे मोबाइल, घडी र महँगा मदिरा

भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए ।

१५ चैत, काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका छन् ।

frontline

भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए ।

भाटभटेनी व्यवस्थापनले लगत्तै प्रहरीलाई फोन दिउँसो ३ः२८ बजे फोन गरेर सहयोग मागे पनि प्रहरी भने ३४ मिनेटपछि मात्र आएपछि स्थिति नियन्त्रणमा आएको थियो ।

‘प्रदर्शनकारीहरू एक दर्जन हुँदै डेढ सय हाराहारी आएर तोडफोड र लुटपाट मच्चाए,’ भाटभटेनीका ती अधिकारीले अनलाइनखबरसँग भने, ‘प्रदर्शनकारीहरूले मोबाइल फोन, घडी, मदिरा, कपडा लगायत महँगा सामान लुटेर लगेका छन् ।’

त्यतिमात्र होइन, प्रदर्शनकारीहरूले फलफूल, तरकारी पनि लुटेका लगेका छन् । तोडफोड र लुटपाटबाट कति क्षति भयो भन्ने यकिन आकलन हुन बाँकी रहेको उनले बताए ।

‘समयमै प्रहरी आएको भए यतिविधि लुटपाट र तोडफोड हुन पाउँथेन,’ उनले भने, ‘भाटभटेनी तोडफोड र लुटपाटमा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ र हामीलाई उचित क्षतिपूर्ति दिनुपर्छ ।’

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएको समूहले भाटभेटनी सुपर स्टोरका सुरक्षागार्डलाई हातपात गर्दै भित्र छिरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो ।

प्रदर्शनककारीहरूले भाटभटेनी सुपर स्टोरको भवनका सिसा फुटाएका छन् ।

भाटभटेनी लुटपाट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here