राजावादीको लुटपाट, तोडफोडमा भाटभटेनीको क्षति मूल्याङ्कन ८० लाख ३३ हजार

भाटभटेनी कोटेश्वर स्टोरमा चैत १५ गते राजावादी अराजक समूहको लुटपाट र तोडफोडका क्रममा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको छ ।

१८ चैत, काठमाडौं । भाटभटेनी कोटेश्वर स्टोरमा चैत १५ गते राजावादी अराजक समूहको लुटपाट र तोडफोडका क्रममा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको छ ।

frontline

भाटभटेनीले गरेकाे मूल्यांकनका क्रममा मौज्दात सामानमा सबैभन्दा ठूलो क्षति देखिएको छ ।  ६४ लाख ८८ हजार रुपैयाँको मौज्दात सामान हराएको तथा नष्ट भएको पाइएको छ ।

त्यस्तै भवनमा भएको क्षति मूल्यांकन ११ लाख ८५ हजार रुपैयाँ बराबर रहेको सीईओ पानु पाैडेलले जानकारी दिए । फ्रिजर तथा शोकेसको क्षति २ लाख ६५ हजार र नगद चोरी भएको ९४ हजार रुपैयाँसहित कुल ८० लाख ३३ हजार रुपैयाँ क्षतिको मूल्यांकन भएको हो ।

चैत १५ गते राजावादीको अराजक समूहले कोटेश्वरको भाटभटेनी स्टोरको भवन तोडफोड गर्नुका साथै लुटपाट मच्याएका थिए । लुटपाटका क्रममा मौज्दात सामानवापत सबैभन्दा बढी नोक्सानी पुगेको देखिएको छ ।

लुटपाटमा संलग्न केही पक्राउ परेका छन् । पक्राउ परेकालाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भाटभटेनी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here