राजस्व छलीको आरोपमा गुप्ताविरुद्ध तीन करोड ८० लाख बिगो दाबी मुद्दा दायर
२० कात्तिक, काठमाडौं । राजस्व अनुसन्धान विभागले तीन करोड ८० लाख ५९ हजार ५२६ रुपैयाँ बिगो दाबी गर्दै साई रामकुमार गुप्ताविरुद्ध उच्च अदालत पाटन हेटौँडामा मुद्दा दायर गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका–३ शहिद चौक बस्ने २८ वर्षका गुप्ताले राजस्व चुहावट गरेको भन्दै विभागले गत शुक्रबार मुद्दा दायर गरेको हो ।
गुप्ताले पुस १३ गते चितवन भरतपुर महानगरपालिका–३ सहिद चौकमा भन्सार छली गरी मालसामान पैठारी गरी लुकाइछिपाइ खरिदबिक्री गरी राजस्व चुहावट गरेको पाइएको विभागको दाबी छ ।
गुप्ताले भंसार महसुल तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्