राजसंस्था पुनस्थापनाका लागि काठमाडौंमा मोटरसाइकल र्‍याली (तस्वीरहरू)

२६ वैशाख, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा मोटरसाइकल र्‍याली गरेको छ । समितिको आह्वानमा शुक्रबार दिउँसो काठमाडौंको सुकेधाराबाट सुरु भएको र्‍याली बल्खुसम्म पुगेको थियो ।

यसअघि हिजो (बिहीबार) पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्थापना नभएसम्म लगातार प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।

frontline

सोही अनुरुप आजबाट आन्दोलनका कार्यक्रम सुरु गरिएको समितिले जनाएको छ ।

आजको र्‍यालीमा सहभागी हुन समितिका संयोजक नवराज सुवेदी, राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता विक्रम पाण्डे लगायत पुगेका थिए ।

समितिले आगामी जेठ १५ गतेबाट जनआन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here