राजविराजका ८१ वर्षीय वृद्धको हत्या

९ मंसिर, राजविराज । राजविराज सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार साँझ एक वृद्धको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर छिन्नमस्ता गाउपालिका-६ खुदीबखारीका ८१ वर्षीय मिश्रीलाल मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।

राजविराज छिन्नमस्ता सडक खण्ड अन्तरगत झौखराही फूलबारीमा हत्या गरिएको अवस्थामा मण्डलको शव फेला परेको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

frontline

मध्यान्न १२ छिन्नमस्ता चोकमा चिया खाएर घरतर्फ फर्किएका उनको हत्या गरिएको अवस्थामा शव स्थानीयले फूलबारीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घट्नाबारे अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here