राजपुर–५ मा ब्रह्म स्थान र हनुमान मन्दिर निर्माण कार्यको उद्घाटन तथा शिलान्यास

Exif_JPEG_420

मेवालाल यादव

राजपुर नगरपालिका–५ मा अवस्थित अधुरो ब्रह्म स्थान र हनुमान मन्दिरको निर्माण कार्यको उद्घाटन तथा माथिल्लो भागको गुजुङ (गुम्बज) को शिलान्यास जनमत पार्टीका रौतहट क्षेत्र नं. २ का प्रदेशसभा सदस्य प्रत्याशी मो. आलम उर्फ बाबू साहेबले गर्नुभएको छ।

frontline
Exif_JPEG_420

कार्यक्रमको सञ्चालन लोकनाथ ठाकुरले गर्नुभएको थियो भने आयोजना पर्यटन विकास कार्यालयमार्फत संचालन गरिएको हो। उपभोक्त समितिका अध्यक्ष श्याम बाबू साह रहेका थिए।

Exif_JPEG_420


करीब १६ लाख रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ। मन्दिर पुनर्निर्माण हुने खबरले राजपुर नगरपालिकावासीहरुमा उत्साह छाएको स्थानीयले बताएका छन्।

Exif_JPEG_420

सो अवसरमा जनमत पार्टीका नगर इन्चार्ज मो. जमिलउल्लाह, शेख रहुलहक, पूर्व नगर इन्चार्ज शेख फेराज, युवा नेता शेख नसिम, राम बाबू ठाकुर, लखिन्द्र साह, रमेश जैसवाल, रामलगन पण्डित लगायतका नेताहरू र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here