राजपुर–४ मा अधुरो कब्रीस्तान कम्पाउण्डवाल निर्माण कार्यको शिलान्यास

Exif_JPEG_420

 

मेवालाल यादव 

frontline

रौतहट, राजपुर —

 रौतहट जिल्लाको राजपुर नगरपालिका–४ मा अवस्थित अधुरो कब्रीस्तान कम्पाउण्डवालको निर्माण कार्यको शिलान्यास सोमबार जनमत पार्टीका रौतहट क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्य उम्मेदवार मोहम्मद आलम उर्फ बाबू साहेबले गरेका छन्।

Exif_JPEG_420

कब्रीस्तानको संरचना निर्माणका लागि करिब २५ लाख रुपैयाँको बजेट पर्यटन कार्यालयमार्फत विनियोजन गरिएको जनाइएको छ। युवा नेता शेख नसिमले बजेटबारे जानकारी दिएका थिए। परियोजना कार्यान्वयनको जिम्मेवारी उपभोक्ता समितिलाई दिइएको छ भने समितिको नेतृत्व मन्सारुल देवानले गरिरहेका छन्।

Exif_JPEG_420

शिलान्यास कार्यक्रमको प्रमुख अतिथि उम्मेदवार आलमले सम्बोधन गर्दै राजपुर–४ का जनताको दीर्घकालीन माग तथा समस्याहरूलाई ध्यानमा राख्दै कब्रीस्तानको संरचना निर्माण कार्य थालिएको बताए। उनले कब्रीस्तानलाई व्यवस्थित तथा सुरक्षित बनाउन कम्पाउण्डवालको निर्माण आवश्यक भएको उल्लेख गरे।

Exif_JPEG_420

स्थानीय बासिन्दाहरूले कब्रीस्तान कम्पाउण्डवाल निर्माण कार्य सुरु भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथिलाई धन्यवाद दिएका छन्।

Exif_JPEG_420

शिलान्यास कार्यक्रममा राजपुर नगरपालिकाका पूर्व इन्चार्ज शेख फेराज, जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमदैद, राजपुर नगरपालिकाका पूर्व नगरप्रमुख शेख सकिल अख्तर, समाजसेवी बसिर खान, शेख सहुप, उपमेयर पदकी उम्मेदवार शेख सहिना, मो. रहमतुल्लाह लगायत उपभोक्ता समिति सदस्यहरू, पार्टी कार्यकर्ता, स्थानीय समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here