राजपुर नपाको मेयर डा.मो राजीक आलमको बिशेश पहलमा जंगली बादर नियन्त्रणमा

चन्दन कूमार महतो

frontline

रौतहट ९ गते वैशाख ।

राजपुर नगरपालिका वडा न.९ बैरियाका किसानहरुको मकै बाली लगायत अन्य बालिहरुलाई जंगली बादरले नस्ट गर्दै आईरहेकोमा राजपुर नगरपालिकाको नगर प्रमुख डाक्टर मोहम्मद राजीक आलमको बिशेश पहलमा र राजपुर नगरपालिका सहकार्यमा बादर नियन्त्रणमा लिने टोलि खटी १८ वटा बादर नियन्त्रणमा लिएका छ्न ।

वन तथा वातावरण मन्त्रालय र कृषि समितिमा गरेको निरन्तर पहल पश्चात् रातो बाँदर सम्बन्धी ऐनमा तत्कालीन वयवस्थामा संशोधन भएपछि राजपुर नगरपालिकामा कृषकहरूको बालीनाली क्षति गर्ने रातो बाँदर नियन्त्रणमा लिएका सो बादरहरु सम्बन्धित निकायको सहकार्यमा जङ्गलमा छोड्नका लागि राजपुर नगरपालिकाका ट्रेकटरमा लगेको थियो !

रौतहट जिल्लाको राजपुर नगरपालिकामा कृषि क्षेत्रमा बाँदरको बढ्दो प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले ‘बाँदर व्यवस्थापन विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ लागू गरेको छ। वन तथा वातावरण मन्त्रालय र कृषि समितिको पहलमा सञ्चालित यस कार्यक्रमले स्थानीय कृषकहरूलाई अन्नबाली, फलफूल र तरकारी खेतीमा भोग्नुपरेको क्षति न्यूनीकरण गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here