राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना बाट निधन

बिहीबार, काठमाडौं । राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ ।

६७ वर्षीय शेरचनको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो ।

frontline

उनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । पशुपतिस्थित आर्यघाटमा आजै ११ बजे उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उनी मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्ड सदस्य थिए । वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्षसमेत रहेका शेरचन मिडिया सोसाइटीको पूर्वअध्यक्ष पनि हुन् ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here