राजधानी किभका सबै क्षेत्र आफ्नो नियन्त्रणमा रहेको युक्रेनको दाबी

२१ चैत, काठमाडौं । युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको जनाएको छ ।

रुसी सेना फिर्ता हुन थालेपछि किभ पूर्णरुपमा आफ्नो नियन्त्रणमा रहेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको हो ।

frontline

यद्यपि रूसको तर्फबाट भने यो कुराको पुष्टी हुन सकेकाे छैन ।

रुसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल छोडेका छन् । सोही विमानस्थल नियन्त्रणमा लिएर रुसले आक्रमण गर्दै आएको थियो ।

टर्कीमा भएको वार्तामा सहमतिको आधार तयार हुँदै गएको भन्दै रुसले आफ्ना सेनालाई पछि हटाएको बताइएको छ ।

यद्यपि पश्चिमा देशहरुले भने रुस कमजोर भइसकेकाले पछि हट्न बाध्य भएको दाबी गरेका छन् ।

युक्रेनका इरपिन, बुका, होस्टमेल लगायतका क्षेत्रबाट रुसी सेना फिर्ता हुँदै गएका बीबीसीले जनाएको छ ।

अलजजिराका अनुसार इरपिनका मेयरले भने इरपिनको अवस्था अझै पनि खतरनाक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here