राजदूत रेग्मीले भर्चुअल माध्यमबाटै बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । बेलायतका लागि नेपालका आवासीय राजदूत लोकदर्शन रेग्मीले महारानीलाई प्रत्यक्ष भेटेर ओहोदाको प्रमाणपत्र बुझाउन पाउनुभएन ।

विश्पव्यापी कोरोना महामारीका कारण राजदूत रेग्मीले भर्चुअल माध्यमबाटै ओहोदाको प्रमाणपत्र बुझाउनु परेको छ ।

frontline

बेलायतका नेपाली राजदूतावासले जनाएअनुसार राजदूत रेग्मीले बुधबार भर्चुअल प्रविधिमार्फत् महारानी एलिजावेथ द्वितीयालाई बुझाउनुभएको हो ।

यद्यपि, ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम भने महारानीको कार्यालय बकिंघम प्यालेसमै भएको पनि दूतावासले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएको छ ।

रेग्मीलाई ५ माघ २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो ।

यसअघि मुख्यसचिव रहनुभएका उहाँलाई संयुक्त अधिराज्यका लागि २१ औँ राजदूतका रुपमा सरकारले नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here