राजदूत नियुक्तिबारे प्रधानमन्त्री देउवालाई बोलाएर छलफल गर्ने निर्णय

५ माघ, काठमाडौं । संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर छलफल गर्ने भएको छ ।
राजदूत सिफारिस समानुपातिक समावेशी नभएको भन्दै समितिले प्रधानमन्त्रीलाई उपयुक्त मितिमा बोलाएर जानकारी माग गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।




संविधानको धारा ४२ मा समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने उल्लेख छ ।
तर राजदूतलगायत संवैधानिक निकायका पदाधिकारी नियुक्ति संविधानको मर्मअनुरुप समानुपातिक समावेशी नपाइएको समितिको निष्कर्ष छ ।
पछिल्लो पटक अमेरिका, भारत र बेलायतका राजदूतका लागि भएका सिफारिस पनि समावेशी नभएको भन्दै समितिका सदस्यहरूले प्रश्न उठाएका थिए ।
प्रतिक्रिया दिनुहोस्