राखेप र ट्रमा सेन्टरबीच सम्झौता

श्रोत : ईन्टरनेट

सम्झौता अनुसार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचार गर्दा ट्रमा सेन्टरले सहयोग गर्ने

काठमाण्डौ । नेपाल खेलकुद महासंघको पहलमा रास्ट्रिय  खेलकुद परिषद (राखेप) र ट्रमा सेन्टरबीच सम्झौता भएको छ ।

नेपाल खेलकुद महासंघका अध्यक्ष रमेस पौडेल लगायतको उपस्थितिमा   शुक्रबार आयोजित एक कार्यक्रममा सदस्य सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. सन्तोष पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

frontline

सम्झौता अनुसार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचार गर्दा ट्रमा सेन्टरले सहयोग गर्ने छ ।

सम्झौतामा उल्लेख भए अनुसार ट्रमा सेन्टरले खेलाडीहरुलाई २४ घण्टा ईमरजेन्सी सेवा उपलब्ध गराउने छ भने  रक्त सञ्चार सेवा, फार्मेशी सेवा, रेडियोलोजी, प्याथोलोजी शल्यक्रिया, अर्थोपेडिक तथा ट्रम सर्जरीमा पनि सहयोग गर्ने छ ।

यसैगरी न्यूरो सर्जरी, इएनटी, सघन उपचार कक्ष लगाएतका कुरामा खेलाडीहरुले सहुलियत पाउने छन्।

केहि समय पहिला नेपाल खेलकुद महासंघले राखेप र अस्पताल विच सो व्यवस्थाको लागि पहल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here