राखेपको ५९औँ वार्षिकोत्सवमा चार खेलाडीसहित १६ जना सम्मानित
१८ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार ५९औँ वार्षिकोत्सवका अवसरमा चार खेलाडीसहित १६ जनालाई सम्मान गरेको छ ।
खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलातर्फ पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन सम्मानित भए ।
जुनियरतर्फ पुरुषमा एथलेटिक्सका सन्दीप थारु र महिलामा टेबलटेनिसकी इभाना थापा सम्मानित भए । खेलाडीसँगै प्रशासन र प्राविधकितर्फ ६ कर्मचारी पुरस्कृत भए ।
उनीहरूलाई राखेपका संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाली सेनाका उपरथी सिताराम खड्कालगायत व्यक्तिले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतिक्रिया दिनुहोस्