राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

८ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षे शेर्पाको विशालनगरस्थित ओरिगन केयर होममा आज बिहान निधन भएको हो ।

नशा सम्बन्धी रोगले थला परेका उनले अमेरिका, भारत र चीनमा उपचार गराएका थिए । अमृत साइन्स क्याम्पसका पूर्वसभापति समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए । टेण्डीका बुवा, आमा, दुई दाई र बहिनी छन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here