रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

News Summary

Generated by OK AI. Editorially reviewed.

  • रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार गरिएको छ।
  • उद्धार गरिएकामा ४ महिला र ४६ पुरुष रहेका छन् र उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर सुरक्षित स्थानमा ल्याइयो।
  • उद्धारमा १ जना चिनियाँ नागरिक समेत समावेश छन्।

frontline

२४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ ।

नेपाल  प्रहरी,  सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ ।

उद्धार गरिएकामा ४ महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।

रसुवा बाढी |हाइड्रोपावर ड्याम साइड

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here