रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको काठमाडाैँ जिल्ला अदालतका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।राजावादी समूहले गरेको उक्त अराजक प्रदर्शनमा एक पत्रकार सहति दुई जनाले ज्यान गुमाएका थिए ।




को-को छन्, हिरासतमा ?
१. रविन्द्र मिश्र, ललितपुर महानगर–१८ (५९ वर्ष)
२. पुस्कर खतिवडा, ललितपुर (२९ वर्ष)
३. गोपाल मल्ल ठकुरी, रुपन्देही (३८ वर्ष)
४. मनिन्द्र राज भण्डारी, लमजुङ (५५ वर्ष)
५. गोपिकृष्ण खड्का, झापा (४२ वर्ष)
६. सन्तोष चौधरी, सुनसरी (४२ वर्ष)
७. राम कुमार धिमाल, झापा (५१ वर्ष)
८. पशुपति खड्का, काठमाडौं (४१ वर्ष)
९. हरिहर चौलागाईं, जुम्ला (४२ वर्ष)
१०. विष्णु पराजुली, तनहुँ (४१ वर्ष)
११.देबी प्रसाद संग्रौला, झापा (४३ वर्ष)
१२. दान बहादुर न्यौपाने, झापा (४३ वर्ष)
१३. भानुभक्त पौडेल, झापा (३९ वर्ष)
१४. उमेश तामाङ, झापा (३४ वर्ष)
१५. तारानाथ बोहरा, झापा (४६ वर्ष)
१६. अनिल कुमारा थापा, सुनसरी (५४ वर्ष)
१७. विष्णुजंग बस्नेत, ललितपुर (४० वर्ष)
१८. कुमार बस्नेत, काठमाडौं (५९ वर्ष)
१९. दुर्गा प्रसाद प्रसाईं, झापा (५४ वर्ष)
२०. दिपक खड्का, झापा (५१ वर्ष)
२१. सन्तोष सिलवाल ‘राजावादी’, धादिङ (३४ वर्ष)
२२. ओम प्रकाश लुईंटेल, झापा (४८ वर्ष)
२३. तेजेन्द्र रायमाझी, गुल्मी (४० वर्ष)
२४. प्रेम थापा मगर, रुपन्देही (४७ वर्ष)
२५.मिनोज थापा, काभ्रेपलाञ्चोक (४० वर्ष)
रवीन्द्र मिश्र र दुर्गा प्रसाइ
प्रतिक्रिया दिनुहोस्