रवि लामिछानेले आजै छाडे सरकारी क्वार्टर

फाइल फोटो

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतबाट नागरिकता अवैध गएको ठहर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सबै सरकारी सुविधा छाडेका छन् ।

उनले राजीनामा दिएसँगै आजै सरकारी क्वार्टर पनि छाडेका हुन् ।  प्रधानमन्त्रीलाई राजीनामा बुझाएर लामिछाने आजै निजी निवास फर्किएको उनका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । 

frontline

‘मन्त्रालयबाट आफ्नै सवारी चडेर बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएर सरकारी क्वार्टर छाडेर आफ्नो निजी निवासमा फर्कनु भयो, पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here