रवि लामिछानेलाई चितवन पुर्याइयो, सुरक्षा व्यवस्था कडा
सहकारीको रकम ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।
काठमाडौंका स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएपछि उनलाई बुद्ध एयरको जहाजमार्फत आज बिहान चितवन लगिएको हो ।
सहारा चितवन सहकारीको रकम हिनामिना गरेको आरोपमा रविविरुद्ध चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो । यसबारे अनुसन्धानकको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो ।
चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बयानका लागि आवश्यक कागजात मिलाएपछि सरकारी वकिल कार्यालयमा लगिने छ । चितवन रविको निर्वाचन क्षेत्र पनि हो । उनलाई चितवन पुर्याइएपछि रास्वपाले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनालसँग दुई दिन लगाएर बयान लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्