रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा

News Summary
Generated by OK AI. Editorially reviewed.
- सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ मंगलबारका लागि स्थगित गरेको छ।
- अदालतले सोमबार पनि सुनुवाइ गर्न नमिल्ने जनाएको छ।
- हिजो न्यायाधीशको इजलासले पेसी तोक्ने आदेश दिएको थियो।
५ जेठ, काठमाडौं । पूर्व गृहमन्त्रीको रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई सोमबार पनि स्थगित भएको हो ।




सर्वोच्च अदालतले मंगलबारका लागि पेसी तोकेको छ । सर्वोच्च प्रशासनले सोमबार पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित गरेको हो ।
यसअघि हिजो (आइतबार) न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश जारी गरेको थियो ।
आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । यद्यपि उक्त पेसी पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्