रविको आदेश आउनुअघि सर्वोच्चको गेटमा रास्वपा कार्यकर्ताको भिड

लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर केहीबेरमा आदेश आउँदैछ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ शुक्रबार सम्पन्न भयो।
  • सर्वोच्च अदालतको आदेश आउनुअघि रास्वपा का कार्यकर्ताहरूको भीड सर्वोच्चको गेटमा जम्मा भयो।
  • उच्च अदालतले सुप्रिम सहकारी सम्बन्धी मुद्दामा लामिछानेलाई थुनामा पठाएको थियो।

९ जेठ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउनुअघि सर्वोच्च अदालतको गेटमा पार्टीका कार्यकर्ताको भिड लागेको छ ।

लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर केहीबेरमा आदेश आउँदैछ ।

उक्त रिटमा आदेश आउन केहीबेर बाँकी हुँदा सर्वोच्च अदालतको गेटमा रास्वपाका नेता कार्यकर्ताहरूको बाक्लो भिड जम्मा भएको हो ।

सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।

उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ सकिएको हो । लगत्तै आजै आदेश आउने बताइएको छ ।

उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।

रवि लामिछाने |रास्वपा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here