रत्ननगर ३ स्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरुष मृत फेला

श्रोत : ईन्टरनेट

२७ असार, चितवन ।  चितवनमा एक जना मानिस मृत भेटिएका छन् । पूर्वी चितवनको रत्ननगर ३ स्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरुष फेला परेको हो ।

पुलको पिल्लरमा नाईनलको डोरीमा झुण्डिएको अवस्थामा उक्त पुरुष फेला परेको प्रहरीले जनाएको छ ।

frontline

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ :  १५ बजेको समयमा उक्त मानिस देखिएको हो ।

अन्दाजी ५० वर्षको मानिसको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here