रणनीति तय गर्न विपक्षी गठबन्धनको संयुक्त बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठक सुरु भएको हो । 

संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकले थप रणनीति तय गर्ने नेताहरुले बताएका छन् ।बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, रामशरण महत, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सभागी छन् । 

frontline

राष्ट्रपतिले संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गरेकी थिइन् । र, मन्त्रिपरिषद् बैठकको सिफारिसमा अर्ली इलेक्सन घोषणा गरेकी थिइन् ।

त्यसविरुद्ध विपक्षमा रहेका सबै राजनीतिक दलको धारणा आइसकेको छ । थप योजना बनाउन उनीहरू छलफलमा जुटेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here