योगेश्वर अमात्यको जग्गा प्रकरणमा नेपाल राष्ट्र बैंकले पनि थाल्यो छानविन

२६ कार्तिक, काठमाडौं । गायक योगेश्वर अमात्यको बाराको जग्गाको नक्कली धनी पूर्जा बनाएर कर्जा प्रवाह गरिएको प्रकरणमा नेपाल राष्ट्र बैंकले पनि छानविन थालेको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले कुमारी बैंकमा ‘अनसाइट इन्स्पेक्सन’ टिम खटिएको बताए । बैंकले ऋण प्रवाहमा जोडिएको कुमारी बैंकको न्यूरोड, बारा शाखा र नक्सालस्थित मूख्य कार्यालयबाट कागजात जफत गरेर छानविन गर्नेछ ।

frontline

कीर्ते गरेर १९ करोड रुपैयाँ ऋण प्रवाह गरिएको विषयमा ‘सरकारी लिखत कीर्ते’ तर्फ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । त्यसमा संलग्न ५ जना पक्राउ पनि परेका छन् ।

सीआईबीका निर्देशक धिरजप्रताप सिंहका अनुसार बैंकले जाहेरी नदिएकाले कीर्तेमा मात्र अनुसन्धान भइरहेको हो । तर राष्ट्र बैंकले बैंकिङ कसूरमा पनि अनुसन्धान गर्न सुझाए त्यसतर्फ पनि अनुसन्धान हुने उनी बताउँछन् ।

राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेल चाहिँ कुमारी बैंकको प्रकरणबारे ढिला मात्र जानकारी भएकाले हालै छानविन थालिएको र निष्कर्ष जे आउँछ, त्यसलाई कार्यान्वयनमा लगिने बताउँछन् ।

गायक अमात्यले आफ्नो जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह गरिएको थाहा पाएपछि दशैंअघि सीआईबीमा जाहेरी दिएका थिए । त्यसपछि प्रकरणमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here