‘योगदान राष्ट्रको लागि’ सिन्धुपाल्चौक समिति गठन
“प्राथिमक उपचार, हाम्रो सरोकार’’ नाराको साथ ‘योगदान राष्ट्रको लागि’ सफलतापुर्वक सिन्धुपाल्चौक समिति गठन भएको छ । संयोजक आरती रिजाल सह संयोजक राम बहादुर कटुवाल कोषाध्यक्ष शोभिता खत्री सचीव सरला दुलाल सहसचिव प्रमोद दुलाल सदस्य सबिता शाही, देबि बुढाथोकी, सुरेश पाख्रिन, गिता भुजेल।
स्वास्थ्य क्षेत्रमा सामान्य ज्ञानको अभावमा अकालमा ज्यान गुमाउने गरेका कैयौ नेपालीहरुको जीवन रक्षार्थ देश्व्यापी रुपमा निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गरिएको थियो । सामाजिक काम गर्ने अभियान बोकेर ‘योगदान रास्ट्रको लागि’ अभियानले देशका ७७ वटै जिल्लामा जिल्ला समिती बनाउने अभियान जारी रहेको छ । देशैभर रहेका २ सय ५० भन्दा बढि स्वयंसेवकहरुले आ आफ्नो क्षेत्रमा जनचेतनामुलक कार्यक्रम गर्ने बताइएको छ । ७७ वटै जिल्लामा समिति गठन गरिसकेको सो संस्थाले यसअघि ४६ वटा जिल्लामा निशुल्क प्राथमिक उपचार अभियान सञ्चालन गरिसकेको छ ।
प्राथमिक उपचार सम्बन्धी राष्ट्रव्यापी जनचेतनामुलक कार्यक्रममा बेहोस भएमा, छारे रोग लागेमा, अंगभंग भएमा, घाँटीमा अड्केमा, करेन्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, हृदयघात, किराको टोकाइ, दम,लु वा गर्मी लागेमा, आघात, नाकबाट रगत बग्नु र पानीमा डुबेको आदि समस्याहरुको भरपर्दो प्राथमिक उपचार सम्बन्धी विधिहरु बारे जनचेतना प्रदान गरिने जानकारी दिनुभयो
यस खालका जानकारी एवम् चेतनामुलक अभियानहरुले आम नागरिकहरुले विभिन्न खालका स्वास्थ्य एवम् शारिरिक समस्या साथै आकस्मिक घटना दुर्घटनाहरुले निम्त्याउने जोखिमबाट जोगिन ठुलो सहयोग पुग्ने अपेक्षा राखिएको छ । यसअघि पनि धेरै जिल्लाहरुमा पुगी निशुल्क प्राथमिक उपचारका तालिमहरु प्रदान गरिसकेको योगदान राष्ट्रका लागि नामक संस्थाले हालै वृहत राष्ट्रिय स्वयंसेवक भेला समेत सम्पन्न गरेको थियो ।
हजारौंको संख्यामा उत्साहजनक सहभागिता रहेको यस अभियानले आगामी दिनहरुमा अझै धेरै तालिम एवम् जनचेतनामुलक र सामाजिक अभियानहरु गर्ने योजना तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्