योगदान राष्ट्रका लागि संस्थाले माघ १० गते देखी देशव्यापी जनचेतना मुलक कार्यक्रम गर्दै

योगदान राष्ट्रका लागिले देशव्यापी जनचेतना मुलक कार्यक्रम गर्दै
निशुल्क प्राथमिक उपचार सम्बन्धि तालिमलाई अभियानकै रुपमा देशव्यापी रुपमा सञ्चालन गर्दै आएको योगदान राष्ट्रका लागि नामक संस्थाले यही माघ १० गते शनिबारदेखी देशव्यापी प्राथमिक उपाचार सम्बद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । देशैभर रहेका २ सय ५० भन्दा बढि स्वयंसेवकहरुले आ आफ्नो क्षेत्रमा जनचेतनामुलक कार्यक्रम गर्ने बताइएको छ । ७७ वटै जिल्लामा समिति गठन गरिसकेको सो संस्थाले यसअघि ४६ वटा जिल्लामा निशुल्क प्राथमिक उपचार अभियान सञ्चालन गरिसकेको छ ।
प्राथमिक उपचार सम्बन्धी राष्ट्रव्यापी जनचेतनामुलक कार्यक्रममा बेहोस भएमा, छारे रोग लागेमा, अंगभंग भएमा, घाँटीमा अड्केमा, करेन्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, हृदयघात, किराको टोकाइ, दम,लु वा गर्मी लागेमा, आघात, नाकबाट रगत बग्नु र पानीमा डुबेको आदि समस्याहरुको भरपर्दो प्राथमिक उपचार सम्बन्धी विधिहरु बारे जनचेतना प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष ओम उप्रेतीले जानकारी दिनुभयो
यस खालका जानकारी एवम् चेतनामुलक अभियानहरुले आम नागरिकहरुले विभिन्न खालका स्वास्थ्य एवम् शारिरिक समस्या साथै आकस्मिक घटना दुर्घटनाहरुले निम्त्याउने जोखिमबाट जोगिन ठुलो सहयोग पुग्ने अपेक्षा राखिएको छ । यसअघि पनि धेरै जिल्लाहरुमा पुगी निशुल्क प्राथमिक उपचारका तालिमहरु प्रदान गरिसकेको योगदान राष्ट्रका लागि नामक संस्थाले हालै वृहत राष्ट्रिय स्वयंसेवक भेला समेत सम्पन्न गरेको थियो ।
शनिबार शुरु हुने जनचेतनामुलक कार्यक्रम तालिम प्राप्त स्वयंसेवकहरुको अगुवाईमा आयोजना हुने आयोजक संस्थाले जनाएको छ । हजारौंको संख्यामा उत्साहजनक सहभागिता रहेको यस अभियानले आगामी दिनहरुमा अझै धेरै तालिम एवम् जनचेतनामुलक र सामाजिक अभियानहरु गर्ने योजना तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here