योगदान राष्ट्रका लागि अभियानले यूएईमा मोटिभेसन कार्यक्रमको आयोजना गर्दै

योगदान राष्ट्रका लागि अभियानले यूएईमा मोटिभेसन कार्यक्रमको आयोजना गर्दै छ । यही जुन ३० मा वरदुवईको व्लु प्यालेस रेष्टुरेन्टको हलमा नायक निखिल उप्रेति र रमेश उप्रेतिका साथमा कार्यक्रम गर्न लागेको हो ।कार्यक्रममा प्राथमिक उपचार ,बैङ्क तथा वित्तीय संस्थाबारे दुबईमा रहेका नेपालीहरुलाई जनचेतना समेत प्रदान गरिने अभियानका संयोजक ओम उप्रेतीले जानकारी दिनुभयो । कार्यक्रमबाट उठेको रकमले एम्बुलेन्स खरिद गर्न सहयोग गर्ने अभियानको योजना रहेको छ ।

जीवन सबैभन्दा महत्वपुणर् कुरा भएको र स्वस्थ जिवनयापनका लागि प्राथमिक उपचारको महत्व धेरै रहेको उल्लेख गर्दै संस्थापक अध्यक्ष उप्रेतीले यो कार्यक्रम सफल बनाउन यूएईवासी  नेपालीलाई अपिल गर्नुभयो । सामाजिक कार्यबाट समग्र राष्ट्रलाई योगदान पुर्‍याउन सकिन्छ भन्ने उदेश्यले आफू प्रवासमा बसेर पनि योगदानलाई निरन्तरता दिएको संयोजक उप्रेतीले बताउनुभयो ।

frontline

विभिन्न खालका सामाजिक कार्यबाट समग्र मुलुककै लागि योगदान दिन सकिन्छ भन्ने मुख्य उदेश्यका साथ स्थापना भएको संस्था योगदान राष्ट्रका लागि अभियानले मुख्यतया प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गर्दै आएको छ । युएईमा रहँदै आउनुभएका चितवनका ओम उप्रेतीको मुख्य सक्रियता र संयोजकत्वमा स्थापित योगदान राष्ट्रका लागिले देशव्यापी रुपमा आफ्नो संजाल विस्तार गरिसकेको छ । ७७ वटै जिल्लामा समिति गठन गरिसकेको सो संस्थाले नेपालका सबैजसो जिल्लामा निशुल्क प्राथमिक उपचार अभियान सञ्चालन गरिसकेको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here