यूएईबाट जहाज हाइज्याक, इरान लगिँदै
बुधबार, यूएई । पानामाको एक जहाजलाई बन्दुकधारीहरुले गल्फ अफ यूएईबाट हाइज्याक गरेर इरान लान थालिएको लोयड्स मेरिटाइम इन्टेलिजेन्सले पुष्टि गरेको छ ।
ट्याङ्कर जहाज एमभी अस्फाल्ट प्रिन्सेस यतिबेला स्ट्रेट अफ हर्मुजतर्फ अघि बढिरहेको उसको भनाइ छ ।
हाइज्याक गरिएको जहाज कसको नियन्त्रणमा छ भन्ने यकिन नभए पनि यसमा इरानको हात रहेको आशङ्का गरिएको छ ।
तर, इरानका रिभोलुसनरी गार्डले भने सबै आरोपलाई खारेज गरेको छ ।
एक हप्ताअघि मात्र इजरायली तेल ट्याङ्करमाथि ओमन नजिकै ड्रोन हमला भएको थियो ।
सो घटनामा दुई जना सुरक्षा गार्डको मृत्यु भएको थियो । अमेरिका, बेलायत र इजरायलले उक्त घटनामा इरानमाथि आरोप लगाए पनि सो दाबीलाई इरानले खण्डन गर्दै आएको छ ।
बीबीसीका अनुसार एमभी अस्फाल्ट प्रिन्सेस दुबईमा रहेको एक कम्पनीको स्वामित्वमा रहेको छ ।
उक्त कम्पनीको एक जहाजलाई दुई वर्षअघि इरानकै रिभोलुसनरी गार्डले हाइज्याक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्