युवा समाजवादको सेना बन्नुपर्छ : अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

रासस भदौ १२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताउनुभयो । उहाँले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको उहाँको भनाइ थियो । समाजवादी आन्दोलनको तयारीका लागि तत्कालीन नेकपा(एमाले)सँग एकता गरे पनि नेतृत्वले धोका दिएकाले एकता लामो समय टिक्न नसकेको उहाँको तर्क थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here