युवा सङ्घद्वारा यातायात कार्यालय घेराउ

श्रोत : ईन्टरनेट

२७ असार, ललितपुर । नेकपा एमाले निकट भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले ललितपुरको एकान्तकुनामा रहेकाे यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ । 

आज सोमवार सङ्घले यातायात कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा अनियमितता, ढिलासुस्ती र लापर्बाही गरेको भन्दै यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो ।

frontline

कार्यक्रममा बाेल्दै राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोले पनि पूर्णरूपमा नचल्ने साइट बनाएको आरोप लगाउनुभयो । उहाँले साइट नचल्दा नागरिकहरू फेरि बिचौलियाकोमा पुगिरहेको दाबी गर्नुभयो । 

अध्यक्ष पौडेलले अनलाइन फारम नाममात्रैको भएको भन्दै यसलाई व्यवस्थित गर्न कार्यालयको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले कर्मचारी र बिचौलियालाई पैसा खुवाएर लाइसेन्सको परीक्षा र ट्रायल दिने काम बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले देशका धेरै कार्यालयहरूमा पारदर्शिताको अभाव रहेको दाबी गर्दै यातायात कार्यालयले मनपरीरूपमा लाइसेन्स लगायतका कुराहरूमा ढिलासुस्ती गर्न नहुने बताउनुभयो ।

उहाँले सहजै हुने काम पनि पैसाका लागि घुमाउरो बाटो अपनाएर लम्ब्याउने काम भइरहेको आरोप लगाउनुभयो । उहाँले यातायात कार्यालयमा भएका सबै सेटिङ र बिचौलियालाई जरोदेखि नै ध्वस्त पार्न आवश्यक रहेको बताउनुभयो ।

युवा सङ्घको आन्दोलनलाई चानचुने रूपमा नलिन पनि उहाँले चेतावनी दिनुभयो ।

युवा सङ्घका प्रदर्शनकारीहरूले ढुङ्गेयुगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम, लाइसेन्स प्रिन्टलाई विकेन्द्रीकृत गर लगायतका ब्यानर र नारा लगाएर विराेध गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here