युवा नेता रूपेन्द्रकुमार राईद्वारा २० हजारको पुरस्कार प्रायोजन
धन हुनेसँग मन हुँदैन । मन हुनेसँग धन हुँदैन । तर, मन र धन दुवै भएका मनकारी विरलै पाइन्छन् । धन र मन दुवै भएका मनकारीलाई भेट्न टाढा जानै पर्दैन ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम पुगे धन र मन दुवै भएका मनकारीको दर्शन गर्न पाइन्छ । धन र मन भएकारू अरू कोही नभएर युवा नेता रूपेन्द्रकुमार राई हुन् । तरुण दल खोटाङ कोषाध्यक्ष राई राजनीतिभन्दा बढी समाजसेवामा रमाइरहेका छन् । नगरमा नेकपा होस् वा नेपाली काँग्रेससम्बद्ध जोकोहीलाई गच्छेअनुसार सहयोग गर्न कुनै आइतबार पर्खंदैनन् ।
नगरमा विभिन्न दलसम्बद्ध आयोजक रहेर जोकोहीले आयोजना गर्ने विविध प्रतियोगितामा उनी स्वविवेकले सहयोग गर्छन् । सहृदयी युवा नेता सबैका प्रिय बन्दै गएका छन् । सहयोग पाउनेले सहयोग गर्नेकै गुनगान गाउने हुन् । गुन लागेपछि जोकोहीले सहयोग गर्नेलाई बिर्संदैनन् । बिर्सनु पनि हुँदैन । मनमै राखिइरहन्छन् ।……
https://statementandresponse.com/public/user/halesi
प्रतिक्रिया दिनुहोस्