युवक कुट्ने वडाध्यक्ष नेपाली पाँच हजार धरौटीमा छुटे

बिहीबार, सुर्खेत । दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई पाँच हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

frontline

पीडितको बयानका आधारमा पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए ।

‘भिडियोको आधारमा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो । तर पीडितले नै वडाध्यक्षको गल्ती नभएको बयान दिए, गलत नियत नभेटिएपछि धरौटीमा छोडिएको छ,’ उनले भने ।

उनका अनुसार वडाध्यक्ष नेपालीलाई भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा धरौटीमा छोडिएको छ ।

साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका वडाध्यक्ष नेपालीलाई साउन २१ गते प्रहरीले पक्राउ गरेको थियो ।

वडाध्यक्ष नेपालीले सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सोही भिडियोका आधारमा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय जाजारकोटले जनाएको छ ।

सेवाग्राहीलाई अपमानजनक रुपमा कुटपिट गरेको भन्दै वडाध्यक्षको चौतर्फी विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here