युद्ध, जलवायु परिवर्तन, खडेरीको मारमा सोमालिया
१ कार्तिक, काठमाडौं । दुई दिन अस्पतालमा बिताइ सकेपछि अब्दीवाली अब्दीको तौल केही बढ्ने सम्भावना देखिएको थियो। दुई वर्षको उनको तौल चार दशमलव ६ केजी थियो। यो तौल भनेको भर्खरै जन्मिएका स्वास्थ्य बच्चाको भन्दा खासै ठूलो होइन। अहिले बल्ल उनी आफ्नो आमासँग राम्रोसँग सम्पर्क गर्न सक्ने भएका छन्।
‘सीमाको सहर डलाउबाट आएका हावासँगैको अर्को ओछ्यानमा बसेका छन्। दुई वर्षको बच्चालाई खाना खुवाउने तथा पुरानै जिन्दगीमा फिर्ता बोलाउने उनको यो नयाँ योजना अघि बढेको छ।
‘यो साँच्चै उत्साहवर्धक छ’, केन्याबाट आएकी सिनीयर नर्स तथा प्रशासकीय अधिकृत फतुमा मोहम्मदले भनिन्, ‘त्यहाँ १७ वटा वार्ड राखिएका छन्। त्यहाँ कुपोषणबाट ग्रसित धेरै जना राखिएका छन्। यसले धेरै जनाको पुर्नजीवन प्राप्त भएको छ।’ अन्य विविध समस्या भइरहेको समयमा पछिल्लो समय समस्या अझै थपिएको छ।
कोरोना महामारी र त्यसपछि उत्पन्न आर्थिक समस्याका कारण अन्य समृद्ध देशमा झैँ गरिब देशमा समस्या अझ नपत्याइँदो ढङ्गले थपिएको छ। यसमाथि रुस-युक्रेन युद्धका कारण ऊर्जा सङ्कटले धेरै देशलाई समस्यामा पारेको छ। यो समस्यासँगै जलवायु परिवर्तनको समस्याले संसारलाई अर्को झट्का दिएको छ। जलवायु परिवर्तनसँगै अहिले थपिएको समस्या भनेको खडेरीको समस्या हो। सोमालियामा ४० वर्षमा सबैभन्दा ठूलो समस्या देखिएको छ।
‘हामीसँग उनीहरूलाई खुवाउनका लागि खाना पनि थिएन। तर, हामा छिमेकीले हामीलाई सहयोग गरिरहेका छन्’, छोराको उपचारमा तल्लीन २२ वर्षीय हावाको कथन हो यो। अस्पतालमा पुगेर उपचार सुरु गर्नु अगाडि नै दुई सातादेखि उनीहरू ज्वरो र झाडा पखालाबाट तल्लीन थिए।
सोमालीयाको दक्षिण पश्चिममा धुलाम्मे एउटा सीमा छ। त्यहाँ रहेको डलाउ भन्ने स्थानमा विगत केही समयदेखि अस्पतालमा खाना खुवाउने काम भइरहेको छ।
बेलायती सरकारको सहयोगमा त्यहाँ सामान्य सामाजिक काम पनि भइरहेको छ। यसले सामुदायिक कार्यकर्ताको एउटा नेटवर्क तयार गरेको छ। त्यहाँ नै सामान्य स्वास्थ्योपचार व्यवस्था मिलाइरहेका छन्। यो समूहको गतिविधि सहरमा मात्र होइन गाउँको क्षेत्रमा पनि बढेको छ।
यस कारण पछिल्लो समय केही राहत मिलेको छ। गाउँका धेरै स्थानमा अतिवादी इस्लामिक सङ्गठन अल साहबले कब्जा गरेका छन्। यसरी त्यस समूहले पाँचौँ दिन लगातार वर्षा भएको छ। नयाँ समस्याका कारण डलावाले थप दुखको महसुस गरेको हो।
घरका धेरै अन्न नास भएर पशुपन्छी मात्र होइन उनका घरका धेरै बाली पनि नास भएका छन्। यसरी बाली नास भएका कारण उनको जो हो गर्ने आधार नै सकिएको छ। यसै कारण नै समस्या थपिएको हो।
‘हामीले यहीँ मरेका सयौँ जनाको कुरा गरिरहेका छौं। हामीसँग सल्लाह गर्नु पर्ने अन्य विविध विषय पनि छन्। हामीसँग उनीहरूलाई सहयोग गर्नका लागि पर्याप्त खाने कुरा पनि छैन’, क्याम्पमा रहेका धेरै सदस्यलाई निगरानी गरिरहेका नर्वेली आप्रवासी काउन्सिलका अब्दुलकादीर मोहम्मदले भने।
अस्पतालको अवस्था अलि फरक पनि देखिएको छ। एक सय जना भन्दी बढी तौल र रक्तचाप नाप्नका लागि नर्सिङ स्टेसन नजिकै बसेका छन्। ‘यो साँच्चै खराब रहेको छ। हामी अवस्था खराब भएको कल्पना गरी रहेका छौ। हामी चाँडो नै औपचारिक कुरा सुन्न चाही रहेका छौं, ’ आइरिस च्यारिटी क्रोकायरको तर्फबाट अस्पतालमा खाद्यान्नको सहयोग गरिरहेकी पामेला वोसांगाले भनिन्।
संयुक्त राष्ट्र संघले आगामी महिनासम्म सोमालीयाको ४० प्रतिशत जनसङ्ख्या कुल ६७ लाखलाई खाद्यान्न सहयोग आवश्यक पर्ने जनाइसकेको छ। त्यसै अस्पतालमा अब्दीवालीको अवस्था एकै रातमा दया लाग्दो भएको छ। एकै पटक शरीरको तापक्रम घटेर शीताङ्गे भएपछि आमा आत्तिनु स्वाभाविक नै हो। पन्नाबाट बनाइएको थर्मल ब्लान्केटमा उनलाई पोको पारेर राखिएको थियो। दुई शैय्या उता, अर्की १८ महिनाकी बच्चालाई त्यस्तै सहयोग चाहिएको थियो।
‘
अवस्था साँच्चै चिन्ताजनक थियो। उनीहरूको शरीरले तापक्रमलाई नियन्त्रण गर्न सकिरहेको थिएन। त्यस केन्द्रमा पङ्खा भए पनि चलाउन सकिने अवस्था थिएन। जब त्यहाँ गर्मी थियो बाच्ने सम्भावना गहिरो भएको थियो। अब्दीवालीको काखीमा थर्मोमिटर च्याप्दै चिकित्सक मोहम्मदले भनिन्।
त्यसै समयमा ती केटाका बाबु २८ वर्षीय केराद अदान अस्पताल आइपुगे। उनी अत्तालिएर त्यस अस्पतालमा पुगेका थिए। यो नयाँ खडेरीसँगै यो परिवार चुपचाप थियो। यस परिवारमा चार बच्चासहित ४० पशु त्यस परिवारमा छन्। यी सबैको रक्षा नै एउटा चुनौती बनेको थियो।
त्यस समयमा परेको खडेरीका कारण गत महिना कत्तिका वस्तु भाउ मरे त्यसको कुनै लेखा जोखा नै छैन। एक परिवार यसरी नै बस्तु मरेपछि त्यो स्थान छाडेर गोरु गाडमा चढेर देशको उत्तरी भाग पुगेका थिए। हिँडेर नै उनीहरू त्यहाँ पुगेका हुन्। अल सबाबको लडाकुहरूले उनीहरूलाई त्यहाँ रोक्न पनि खोजेका थिए।
अस्पतालमा उपचारको कुरा गर्दा चिकित्सकले अब्दीवालीको फोक्सोमा पम्प गरिरहेका थिए। एक चिकित्सक नजिकै गएर उनको नचलेको आँखालाई हेरिरहे। परिवार गएर गोडालाई राम्रोसँग ध्यान दिएर हेरे। ‘बिहानको सवा १० बजे त उनको देह लीला नै समाप्त भयो।
‘मुटुको चाल नै बन्द भयो’, मोहम्मदले लामो सुस्केरा हाल्दै भने। त्यो देखेकी अब्दुवालीको आमा खाटमा पल्टिएर बेसरी रुन थालिन्। ‘हामी केही बच्चाहरूलाई राहत दिन र उपलब्ध गराउन सफल भएका थियौ। तर, अहिले अवस्था खराब भएको छ’, मोहम्मदको गुनासो छ।
‘जब कुनै कुराको असहाय भएर सहजै सल्टाउन पर्ने कुरा पनि सल्टाउन नसकेर अगाडि बढेको हुन्छ, यसले नै हामीलाई समस्या उत्पन्न गराएको हुन्छ’, अस्पतालकी चिकित्सक अलि सुहेबले भनिन्। त्यस दिनको साँझमा अन्त्येष्टि गर्नका लागि अब्दीवालका बाबुले आफन्त र सबै जनालाई खबर गरिसकेका थिए। ‘आखिर एक दिन सबैले मर्नै पर्ने रहेछ,’ आफैलाई जर्बजस्ती सम्हाल् उनले भनिन्। त्यस लगत्तै ती बच्चाको अन्त्येष्टिको तयारी भयो। अस्पतालबाट पोको पारेर बाहिर लगिएको दृश्य पीडादायी थियो।
यसपछि मापेला वासोंगाले त्यहाँ भ्रमण गर्न आउनेलाई स्टक रहेको फार्मेसी र ल्याब देखाएकी थिइन्। सन् २०११ मा केन्याबाट तिनी सोमालीया आएकी थिइन्। उनीहरू त्यहाँ आएपछि त अझ धेरै कुराको सुधार भएको छ।
‘त्यहाँ सामुदायिक अस्पतालको अवस्था साँच्चै खराब थियो। अहिले धेरै कुरा सही भइसकेको छ। थुप्रै संस्थाले पनि काम गरी रहेका छन्। अहिले यहाँ ग्रामीण स्थानसम्ममा पनि स्वास्थ्य सुविधा पुगेको छ’, उनले भनिन्।
यसरी धेरै अत्तालिइरहेको समयमा एउटा गाडि आएको थियो। शव वाहनको रूपमा रहेको त्यो गाडि आयो। सोमालीया गरिबीको पर्याय हो। खडेरीको कारण पछिल्लो समय आएको यो समस्या त अझ विकराल बनेको छ। स्रोत : बीबीसी
प्रतिक्रिया दिनुहोस्