युद्धका घाइतेको अझै छटपटी

सशस्त्र द्वन्द्वका क्रममा काभ्रेपलाञ्चोक जिल्लामा कैयन घाइते भए । केही शहीद भए । केहीका परिवार बेपत्ता छन् । घाइते र अपांगता भएका ब्यक्तिलाई राज्यले मासिक खर्च उपलब्ध गराउने गरेको छ । तीमध्ये काभ्रेपलाञ्चोक जिल्लामा १४ जनाले घाइते र अपांगले नियमित रूपमा सामाजिक सुरक्षाबापत रकम पाउँदै आएका छन् ।
राज्यको निर्णयमा सरकारी अनुदान पाउने जयराम घोरसाईने, जितबहादुर राना मगर, भोलाप्रसाद अर्याल, रविका तामाङ, राजेश थापा, रामबहादुर थिङ, लेकबहादुर श्रेष्ठ, विक्रम कपाली, शान्तबहादुर पहरी, सुन्तली थिङ, अनिलकुमार श्रेष्ठ, बृषध्वन तामाङ, शिवबहादुर गौतम र सरस्वती रायमाझी श्रेष्ठ रहेका छन् । मासिक अनुदानमा फरक फरक सुविधा उपलब्ध गराइएको छ ।




घोरसाइनेले बार्षिक ४८ हजार प्राप्त गर्नेछन् । त्यस्तै रविका तामाङ, सुन्तली थिङ र सरस्वती रायमाझी श्रेष्ठले वार्षिक ४८ हजार रुपैयाँ पाउँदै आएका छन् । जगतबहादुर, भोलाप्रसाद, राजेश, रामबहादुर, लेखबहादुर, विक्रम, शान्तबहादुर, अनिलकुमार, वृषध्वज, शिवबहादुरले बार्षिक १० हजार ८ सय रुपैयाँ हात पार्छन् । चालु वर्ष प्राप्त सहयोग रकम केहीले पहिलो र केहीले दोश्रो किस्तासमेत बुझिसकेका छन् ।
अनेकथरि अपराध
पाँचखाल नगरपालिका वडा नम्बर ९ का अध्यक्ष ३९ बर्षीय रामकाजी श्रेष्ठले दिएको जाहेरीका आधारमा साविक फलामेटार गाविस २ हाल खानीखोला गाउँपालिका वडा नम्बर २ घर भएका २९ बर्षीय रविन खुलाललाई चोरी अभियोगमा अनुसन्धान शुरु गरिएको थियो । चर्चित मन्दिर पलाञ्चोक भगवती काभ्रेपलाञ्चोक जिल्लाको पाँच खाल नगरपापलिका वडा नम्बर ९ मा पर्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी हरेक वर्षको दशैँमा उक्त मन्दिरमा दर्शन गर्न आएर मन्दिरको चर्चा र विश्वासलाई देशब्यापी बनाउन थप सहयोग पुगेको थियो । निरन्तर राष्ट्रपतिहरू उक्त मन्दिरमा आई दर्शन गर्ने गरेका थिए । चाडपर्व तथा अन्य समयमा मन्दिरमा आउने भक्तजनको संख्या बढिरहेको थियो । उनीहरूले दिएको रकम दानपेटिकामा जम्मा गर्ने गरिएको थियो ।
केही दिनदेखि खोल्न बाँकी रहेको दानपेटिकामा भएको रकम चोरी गर्ने ब्यक्तिको पहिचान गर्न प्रहरी असक्षम भएको थियो । सोही स्थानमा भएको दम्पती हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन । चोरको पहिचान भए लगत्तै २०८१ फागुन २५ गते पलाञ्चोक भगवती मन्दिरको संरक्षक रहेका वडाअध्यक्ष रामकाजी श्रेष्ठले जाहेरी दरखास्त दिएका थिए । २०७९ साल कार्तिक १६ गते राति ११ बजे पलाञ्चोक मन्दिरभित्र रहेको दान पेटिका चोरी गरेको घटनामा संलग्नको पहिचान हुन सकेको थिएन । २०८० साल असोज १८ विहानको राति साढे २ बजे रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्बर ७ स्थित खाँडादेवी मन्दिर परिसरमा चोरी गरेको घटनामा खानीखोलाका रविन खुलाल पक्राउ परेका थिए ।
अनुसन्धानपछि उनलाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । पलाञ्चोक भगवती मन्दिरको दानपेटिका र खाँडादेवी मन्दिरमा चोरी गर्ने एकै ब्यक्ति भएको सूचनाका आधारमा वडा अध्यक्ष रामकाजीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी पलाञ्चोक भगवती मन्दिर परिसरमा रहेका दुई थान दान पेटिकाबाट १६ हजार ६ सय रुपैयाँ चोरीमा अभियुक्त रविन खुलालले बयान दिएका छन् ।
मन्दिरको दानपेटिका सडक पछाडि एकान्तमा लगेर सिसा फुटाई रकम निकाली रविनले पाँचखाल आई रात बिताएका थिए । त्यहाँबाट दोलखा भिमेश्वर मन्दिरमा चोरी गर्न पुगे । भिमेश्वर मन्दिरको चोरी अभियोगमा १० महिना कैद भुक्तान गरी छुटेपछि काठमाडौमा बस्दै आएको । पुनः रामेछापको खाँडादेवी मन्दिर चोरीपछि पक्राउ परे । उनी त्यहाँ पुर्पक्षका लागि कारागारमा थिए । रविन दोलखा जिल्ला अदालतबाट २०८० बैशाख २९ गते १ वर्ष कैद र १० हजार रुपैयाँ जरीवना भुक्तानपछि छुटेका हुन् ।
रामेछाप जिल्ला अदालतबाट २०८० माघ २५ चोरी कसुरमा ३ वर्ष कैद र ३० हजार जरिवाना तोकिएपछि त्यही भुक्तान गरिरहेका थिए । जिल्ला अदालत काभ्रेपलाञ्चोकले कारागार पठाउने आदेश गरेको छ । काभ्रेमा रहेको पलाञ्चोक भगवती मन्दिर चोरी गरी भीमेश्वर पुगेर चोरी गरेका खुलालबारे अनुसन्धानका क्रममा अन्तरजिल्ला प्रहरी समन्वय नहुँदा पहिचान खुल्नै तीन वर्ष कुर्नु परेको थियो । दोलखापछि रामेछाप पुगेर खाँडादेवी पुगेका खुलाल कारागारमा रहेको बेला पहिचान भएको थियो ।
सडकमै दादागिरी
२०८१ चैत्र १२ गते साँझ साढे ५ बजे रोशी गाउँपालिका वडा नम्वर ९ मंगलटारस्थित कालोपुल विपी राजमार्ग सडक खण्डमा बा १७ च ३५७४ नम्बरको बोलेरो गाडी रोकेर डाँका गर्ने तीन युवा धरौटीमा छुटेका छन् । मंगलटारबाट भकुण्डेबेशीतर्फ जाँदै गरेका चालक सरोज मोक्तानलाई रोशी गाउँपालिका वडा नम्बर ९ मंगलटारका २५ बषर्षि युनिश लामा, पिन्थलीका २५ बर्षीय रोहन तामाङ र पिन्थलीकै १९ बर्षीय करुण तामाङले बाटो छेकेर चक्कु देखाउँदै गाडी रोकेर भित्र प्रवेश गरी हेल्मेट र डुंगाले संवेदनशील अंग टाउकोका साथै शरीरका विभिन्न भागमा प्रहार गरेका थिए । प्रहार गरेसँगै उनीसँग साथमा रहेको १ लाख ८० हजार नगद लुटेका थिए । सरोज मोक्तानलाई लुटेर फरार भएकाहरूलाई प्रहरीले बा
पक्राउ परेका युनिश लामाले बोलेरो चालकले स्कुटरलाई पेलेर आएकोले चालकलाई रोकेर थप्पड हानेको बताए । थप्पड हान्दा पनि मुख छाडेकाले हेल्मेट प्रहार गरेको साविती बयान दिएका थिए । उक्त घटनामा संलग्नमध्येका रोहन तामाङ भक्तपुर जिल्ला अदालतको २०८१ माघ २२ गते चोरी मुद्दामा २१ दिन कैद र ५ हजार जरिवानापछि छुटेका थिए । उनलाई पटके कसुरदारका रूपमा प्रस्तुत गरिएको थियो ।
– मोतीराम तिमल्सिना
प्रतिक्रिया दिनुहोस्