युक्रेनले ४८ घण्टाभित्र बैठक गर्न रुसलाई अल्टिमेटम

२ फागुन, एजेन्सी । युक्रेनले रुसलाई ४८ घण्टाभित्र बैठक गर्न अल्टिमेटम दिएको छ । रुससहित युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग युक्रेनले उक्त समयसीम दिँदै बैठकका लागि आह्वान गरेको हो ।

आफ्नो देशसँगको सीमामा उच्च मात्रामा रुसी सैनिक तैनाथ गर्नुको कारणबारे स्पष्टीकरण दिन गरिएको औपचारिक आग्रहलाई रुसले पटकपटक अस्वीकार गरेको युक्रेनी विदेशमन्त्रीले बताएका छन् ।

frontline

विदेशमन्त्री दिमेत्रो कुलेबाले उक्त बैठक आह्वान गर्ने कामलाई समस्या समाधानका लागि चालिएको अर्को कदम भनेका छन् । त्यसमा रुसी योजनाको पारदर्शिता खोजिएको उनले बताए ।

युक्रेनले शुक्रबार भियना सम्झौतामा आधारित रहेर रुससँग उसको मनसायबारे जवाफ खोजेको बताइएको छ ।

बिबिसीका अनुसार उक्त सम्झौतालाई एउटा युरोपेली अन्तरसरकारी सुरक्षा सङ्गठन ओएससीईले स्वीकारेको छ, जसमा रुस समेत सदस्य छ ।

तर युक्रेनतर्फको सीमामा १ लाखभन्दा धेरै सैनिक भेला पारे पनि मस्कोले भने उसमाथि हमला गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ ।

तर केही पश्चिमा देशले भने रुसले हमलाको तयारी गरिरहेको आरोप लगाएका छन् र अमेरिकाले युक्रेनलाई हतियार समेत सप्लाइ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here