युक्रेनमा सैन्य तालिम शिविरमा रुसले गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु

२९ फागुन, काठमाडौं । युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा रुसले गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ ।

युक्रेनको पश्चिमी सहर याभोरिभस्थित सैन्य तालिम शिविरमा भएको रुसी आक्रमणमा ३५ जना मारिएको लभिभ सहरको क्षेत्रीय प्रशासनले जनाएको हो ।

frontline

आइतबार बिहान रुसले गरेको क्षेप्यास्त्र हमलाबाट थप १३४ जना घाइते भएको पनि समाचारमा उल्लेख छ ।

रुसले आज बिहान लडाकु विमानमार्फत् याभोरिभस्थित एक सैन्य अड्डामा ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो ।

रुसी सेनाले पश्चिमी मुलुकले दिँदै आएका हतियार राख्न थालिएको र युद्धग्रस्त अन्य क्षेत्रबाट भागेर आउने मानिसको आश्रय स्थल बनेको लभिभलाई पहिलो पटक आफ्नो निशाना बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here