युक्रेनमा रुसले गरेको गोलाबारीमा कम्तिमा आठ जनाको मृत्यु

१२ फागुन, काठमाडौं । युक्रेनमा रुसले गरेको गोलाबारीमा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

प्रारम्भिक विवरण अनुसार हालसम्म युक्रेनमा रुसी गोलाबारीबाट कम्तिमा आठ जनाको मृत्यु भएको रोइटर्स समाचार माध्यमले जनाएको हो ।

frontline

युक्रेनी गृह मन्त्रीका एक सल्लाहकारले आठ जनाको ज्यान गएको र ९ जना घाइते भएको बताएका हुन् ।

बिहीबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष सैन्य कारबाही सुरु भएको घोषणा गरेलगत्तै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी फौज प्रवेश गरिसकेका छन् ।
बेलारुसको सीमाबाट समेत रुसी फौज प्रवेश गर्न थालेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

त्यस्तै, पुटिनको घोषणालगत्तै युक्रेनको राजधानी किएभसहित कैयौं शहरमा विस्फोट भएको छ ।

युक्रेनको सेनाले ५ वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ ।

तर रुसले आफ्नो कुनै विमान वा हेलिकप्टर नखसालिएको र युक्रेनको हवाई प्रतिरक्षा प्रणालीसहित वायु सेनाका अखडा एवं पूर्वाधार ध्वस्त पारेको बताएको छ । गार्जियनबाट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here