युक्रेनबाट २४४ नेपालीहरु पुगे सुरक्षित रुपमा आफ्नो गन्तव्यमा

१६ फागुन, काठमाडौं । रुस-युक्रेन द्वन्द्व  प्रभावित २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् ।

रुस –युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना,  माल्डावामा २ जना  पुगेका छन् ।  

frontline

पोल्याण्डको सीमामा १ सय ३० जना स्लोभाकियाको सीमा १२ जान, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा २ जना नेपाली दोस्रो मुलुक जान रोकिएका छन् । उनीहरु सोमबार साँझसम्म सीमा क्रस गर्ने समितिले जनाएको छ।

गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् । केही नेपाली पर्ख र हेरको अवस्थामा युक्रेनका विभिन्न सहरमा बसेका छन् ।
रुस –युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष  जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिए ।

उच्चस्तरीय समितिका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा .बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारका लागि पोल्याण्डको सीमा क्षेत्रमा आफै परिचालित बताए  ।

गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमवारदेखि सीमा क्षेत्र खुकुलो बनाएका कारण बाहिर निस्कन सहज भएको बताए । 

स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुबेदीले सीमा क्षेत्रमा  ११ जना नेपालीलाई उद्धार गरेर  सुरक्षित स्थानमा पुर्‍याएको जानकारी दिए ।

 उनले सीमा क्षेत्रमा महिला र बच्चालाई पुरुषको तुलनामा सहज भएको बताए । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीलाई खानाको कुनै समस्या नरहेको उनको भनाइ छ ।  

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका ८ जना नेपालीलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना बस्न प्रवन्ध गरेको छन् । स्लोभाकिया पुगेका नेपालीलाई सुरक्षित क्षेत्रमा पुर्‍याउन सक्रिय रुपमा लागि परेको उनले बताए । 

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपाली सुरक्षित रुपमा रोमानिया भित्रिएको जानकारी दिए  । उनले कैयौ नेपाली रोमानियाबाट हङगेरी गैरकानुनी रुपमा छिर्न खोजेको बताए ।

उच्चस्तरीय समितिले  सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटका लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शका लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीयरुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जनाएको छ । 

उच्चस्तरीय समितिका सदस्य सचिव चिरन्जीवी खड्काले समितिले विगत २४ घण्टामा गरेका गतिविधिको बारेमा प्रकाश पार्दै स्थानीय रुपमा समन्वय समिति गठन गरेर नेपालीको उद्धारको काम भइरहेको जानकारी दिए । 

समितिले युद्धबाट विस्थापित नेपालीको तथ्यांक समेत संकलन गर्ने तयारी गरेको समितिका प्रेस संयोजक चिरन शर्मा जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here