युएन मिसनको प्रश्नपत्र प्रहरी प्रधान कार्यालय बाटै बाहिरियो

बिहीबार, काठमाण्डु । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान प्रहरीले लिएको आन्तरिक परीक्षा (प्री–स्याट)को प्रश्नपत्र प्रहरी र युएनका कर्मचारीको मिलेमतोमा बाहिरिएको खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले प्री–स्याटको प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान गर्न गठन गरेको छानबिन समितिको प्रारम्भिक अनुसन्धानबाट प्रहरी र युएनका कर्मचारीको संलग्नता पुष्टि भएको हो ।

frontline

स्रोतकाअनुसार प्रश्न पत्र सार्वजनिक कार्यमा प्रहरी प्रधान कार्यालयका दुई जना प्रहरी र युएनका एक कर्मचारीको संलग्नता पुष्टि भएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको स्रोतले जानकारी दियो ।

मंगलबार कार्यालयले प्री–स्याटको प्रश्नपत्र बाहिरिएको घटनामा अनुसन्धान गर्न डीआईजी वसन्त लामाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन जारी रहेको बताए । उनले केहीदिनभित्रै घटनाको वास्तविकता सार्वजनिक गर्ने जानकारी दिए ।

‘यूएन शाखाबाट प्रश्नपत्र बाहिरिएको आशंकामा आन्तरिक रुपमा छानबिन हुँदैछ । प्रश्न पत्र बाहिरिएपछि परीक्षा सारेर नयाँ प्रश्न पत्र निर्माण गरेर परीक्षा सञ्चालन गरेका थियौं,’ उनले भने ।

शनिवार प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयबाट जवानदेखि एसएसपी सम्मका २ हजार ४ जना परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here