यार्चागुम्बा टिप्ने क्रममा झडप,गोली चल्यो

डोल्पाको ठूली भेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा टिप्न गएका पूर्वी रुकुम मैकोट,डोल्पाको काइके गाउँपालिका र ठूली भेरी नगरपालिकाका स्थानीयवीच झडप भएको छ । मेरो इलाका र तेरो इलाका भन्नेमा ६-७ सयको संख्यामा झडप भएको बुझिएको छ ।
थप भिडन्त हुन नदिन नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको १० जनाको टोलीले एसएलआरबाट २ राउण्ड हवाई फायर गरेपछि स्थिति सामान्य बन्दै गएको बताइन्छ ।




प्रतिक्रिया दिनुहोस्